भक्तपुर, २६ भाद्र । चवालीसौं नेपाल भाषा साहित्य तःमुज्या र साँस्कृतिक ब्वज्या सफल पार्न साँस्कृतिक समितिको भेला एक समारोहबीच ग्वसाखलको सभाहलमा बुधबार सम्पन्न भयो ।
भेलामा अध्यक्ष कृष्णभक्त लवजुले अरु समिति आफ्नो कार्य सिमित हुने तर साँस्कृतिक समितिको काम अहिलेदेखि समापनसम्म बाकी रहने भएकोले धेरै कामहरु हुने भएकोले जिम्मेवारीपूर्वक सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले तःमुज्याले जनतालाई सचेत पार्ने, जनतालाई सैद्धान्तिक र बैचारिक प्रभाव पार्ने राजनीतिक कुराहरु, विभिन्न रोग बारे विशषज्ञ डाक्टरहरुबाट रोगका बारे दिने जानकारी महत्वपूणर् हुने भएकोले त्यसबाट तःमुज्या हेर्ने श्रोताहरुलाई शिक्षित बनाउने उत्कृष्ट साँस्कृतिक विधाहरु प्रस्तुत गराउने जिम्मा रहेको बताउँदै धेरै विधाहरु भन्दा महत्वपूणर् विधाहरु देखाउनुपर्ने बताउनुभयो । उहाँले साँस्कृतिक विधाहरु सेन्सर गर्नेदेखि लिएर तःमुज्याको दिनमा प्रस्तुतिहरु अगाडि पछाडि राख्नु पर्ने दबाबहरु आउनसक्ने भएकोले सेन्सर कमितिले प्रकाशित कार्यतालिका अनुसार साँस्कृतिक विधाहरु देखाउनुपर्ने बताउनुभयो । उहाँले ग्वसाखल गठनदेखि आजसम्म भएको कार्यहरुको जानकारी दिनु भयो ।
कार्यक्रममा साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले साँस्कृति समिति गठन पश्चात धिताधिसि, ख्याल, नाटक, गीत लेखक कलाकारहरु भेला गरी प्रशिक्षण गरेको, संगितकर्मीहरु भेला, सेन्सरमा बस्ने निणर्ायकहरुको भेला, लेखक कलाकारहरुलाई पत्राचार, स्वागत गान, विभिन्न गीतहरुमा संगित राख्न जिम्मेवारी आदि कार्य भएको बताउँदै अव गर्नु पर्ने कार्यहरु बारे बताउनुभयो । उहाँले विभिन्न संघसंस्था, विद्यालय, सहकारीहरुलाई साँस्कृतिक विधा ल्याउन अनुरोध गर्न, साँस्कृतिक विधा सिकाइ रहेको स्थानमा अनुगमन निरिक्षण र स्क्रिप्त हेर्न, स्वागत गानको नृत्यको लागि कलाकार र प्रशिक्षण दिने लगायतका कार्यहरु गर्न साथीहरुको समुह समुह बनाई जिम्मा दिएको बताउनभुयो ।
कार्यक्रम सचिव संजय मानन्धरले संचालन गर्नुभएको कार्यक्रममा भैल बहादुर लवजु, हरिकृष्ण दुवाल, राजु मानन्धर, प्रविण प्रजापतिले पनि साँस्कृतिक कार्यक्रम भव्य र सभ्य बनाउन सुझाबहरु दिनुभयो ।
साँस्कृतिक समितिको भेला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















