नेपालभाषा साहित्य तःमुज्याका लागि कार्यक्रम स्थल र मञ्च व्यवस्थापन समिति गठन

0
493
tamujya

भदौ ९, भक्तपुर ।
४४ औं नेपालभाषा साहित्य तःमुज्या ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुको उपस्थितिमा कार्यक्रम स्थल व्यवस्थापन र मञ्च व्यवस्थापन समिति गठन भएको छ ।
गठित समितिमा कार्यक्रम स्थल व्यवस्थापन समितिमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्व र मञ्च व्यवस्थापन समितिमा लक्ष्मी प्रसाद चवालको संयोजक रहने गरी चयन भएको हो ।
कार्यक्रममा नेमकिपाका केन्द्रिय समितिका सदस्य रविन्द्र ज्याख्वले भाद्र ९ गतेको दिन स्मरण गर्नुहुदैं पंचायती व्यवस्थाले नेमकिपाको समूल नष्ट गर्न षडयन्त्र गरिएको कालो दिनको रुपमा रहेको बताउनुभयो । जनताको निम्ति काम गर्दा शासक पार्टीको लागि आँखाको धुलो बनेको र तःमुज्या वर्गीय राजनैतिक असन्तुष्टीबाट जन्मिएको बताउनुभयो ।
सापारुको दिन ग्वसाखलको आयोजनामा प्रस्तुत गरेको घिंताङघिसी धेरैले रुची पूर्वक हेरेको बताउनुहुदै तःमुज्याको कार्यक्रमस्थल र मञ्च व्यवस्थापनमा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार विष्णु बहादुर मानन्धरले विगतमा भएको तःमुज्याको स्मरण गर्नुहुदैं कलाकारको उपस्थितिलाई हेरेर मात्र मञ्च बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
ग्वसाखलका अध्यक्ष कृष्ण भक्त लवजुले तःमुज्या सफल पार्न सबैको सहयोग आवश्यक रहेको र स्तरीय रचना तथा सांस्कृतिक विधातर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा र विष्णु प्रजापतिले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here