काठमाडौं : सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ। शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो।

‘सार्वजनिक सेवा प्रशारकको स्थापना गरी यसको २ आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत प्रशारण सेवाको आरम्भ गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















