भक्तपुर, श्रावण २८ ।
आज साउनको अन्तिम सोमबारका दिन देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
भक्तपुरको डोलेश्वर महादेवमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।





साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको समितिले जनाएको छ ।
दर्शनार्थीहरुको लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।
साउन महिनाको सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा भक्तपुरको दत्तात्रय मन्दिर, आशापुरी, यातुमहादेव लगायत शिवालयहरुमा भक्तजनहरुको बढी घुइँचो लागेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


















