भक्तपुर, श्रावण २७ । फ्यूजन नेपालले भक्तपुरमा सञ्चालन गर्दै आएको कम्प्युटर शिक्षा कक्षाको दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ५ मा रहेको फ्युजन नेपालको कार्यालयमा सम्पन्न भएको दीक्षान्त समारोहबाट जम्मा ६८ जना दीक्षित हुनुभएको हो ।
उक्त केन्द्रबाट हालसम्म सीप सिकेर प्रत्यक्ष लाभ प्राप्त गर्ने कूल संख्या ६३८ पुगेको बताइएको छ ।
कम्प्युटर शिक्षा प्राप्त गरी आफ्नो पढाइ, जागिर तथा व्यवसायमा लाभ प्राप्त गर्दै आएको समेत भनिएको छ ।



फ्युजन नेपालको कार्यकारी समिति सदस्य खड्ग प्रसाद गौतमबाट सम्पूर्ण दीक्षितहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सो कार्यक्रममा प्रशिक्षार्थीहरुले आ आफ्ना अनुभव समेत राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1


















