विपदबाट नागरिकको जीवन जोगाउनु गृह मन्त्रालयको प्राथमिकता: नवनियुक्त गृहमन्त्री रमेश लेखक

0
130

काठमाडौं, श्रावण १ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले मनसुनजन्य जोखिम बढ्नसक्ने संभावना अझै रहेकोले मनसुन प्रतिकार्यसँग सम्बन्धित सबै ‘उच्च सतर्कताको स्थिति’ मा बस्नुपर्ने बताउनुभएको छ ।
आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आएर प्राधिकरणले गरिरहेका कामहरुबारे जानकारी लिएपछि मन्त्री लेखकले गृह मन्त्रालय र प्राधिकरणले विपद्सँग सम्बन्धित मन्त्रालय, निकाय, प्रदेश एवं स्थानीय तहबीच जिवन्त समन्वय गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
सीमित साधन स्रोतको अवस्थामा पनि प्राधिकरणले काम गरिरहेको आफूले महशुस गरेको उल्लेख गर्दै मन्त्री लेखकले विपद्‍बाट नागरिकको जीवन जोगाउने कार्य मन्त्रालयको प्राथमिकतामा पर्ने बताउनुभयो ।
त्यसक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले यसपालिको मनुसनमा भारी वर्षाका कारण जोखिम देखिएका ठाउँहरुको जोखिम आँकलन गरी आवश्कयताअनुसार नागरिकलाई स्थानान्तरण गरिने बताउनुभयो ।
यसैगरी गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा मनसुन पूर्वतयारी एवं प्रतिकार्य कमाण्ड पोष्टका संयोजक सहसचिव डा. भीष्मकुमार भूसालले मनसुनजन्य विपदबाट हुन सक्ने संभावित जोखिमलाई लक्षित गरी पूर्वतयारी गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here