समाजमा रहेका वास्तविक घटनामा आधारित टेलिचलचित्रहरु निर्माण गर्दै भक्तपुरका लोकप्रिय कलाकार चकलेट

0
1270

भक्तपुर निवासी पुरुषाेत्तम पक्कालाई नामले नचिने पनि अन्य नामले चिनिन्छ, त्यो हो चकलेट । वास्तविक नामभन्दा पनि उहाँलाई चकलेट भनेर प्रायले सबैले चिन्छन् । भक्तपुरका कलाकारहरु धैरै वर्षदेखि उक्त उपनाम सँग चिरपरिचित छन् ।
वि.सं सालमा जन्मनुभएका पुरुषाेत्तम पक्का कलाकार मात्र नभइ उनी कथाकार सँगसँगै निर्देशक पनि हुन् ।
हाल उनी नेपाल भाषाको संकिपाकोे छायांकन गरिसकेको भिडियोहरु सम्पादन गरी फाइनल प्रक्रियामा व्यस्त रहेको उनले भक्तपुर डेली डटकम सँगको कुराकानीमा बताउनुभएको छ ।
सानो छँदा बाजेबजैहरुले सुनाएको कथा र आफैंले देखेका घटनाहरु र आफ्नै आँखामा भएका घटनाहरूलाई व्यक्त गरी त्यसमा सन्देश जोडी भिडियोको रूपमा मान्छेहरुको सामु ल्याउनमा उनी पोख्त छन् ।
नेवार समुदायमा हुने गरेका नेवारी संस्कृति, परम्पराहरू लोप हुँदै गएको र नेपाल भाषा जगेर्ना गर्ने सोच लिएर अगाडि बढेको समेत उनले बताएका छन् ।
हालसम्म ११ ओटो भिडियोहरु निर्माण गरिसकेको बताइएको छ । युट्युबमा ७ ओटा भिडियो रिलिज भएको र रिलिज हुन बाँकी भिडियो रहेको समेत बताइएको छ ।
कलाकारीतामा लागेर घरका सदस्यहरूलाई समय दिन नसकेको र कलाकारीता क्षेत्रमा चुनौतीको रुपमा घरको आर्थिक अवस्था रहेको बताउनुहुदैं उहाँले आफ्नै लगानीमा स साना टेलिचलचित्रहरु निर्माण गरेर दर्शकहरुको सामू प्रस्तुत गरेको समेत बताउनुभएको छ । दर्शकहरुबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया पाउन आफु सफल भएको समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here