काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) को उपलक्ष्यमा सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सोमवार सार्वजिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।
बक्र ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
4
+1
+1


















