काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले तीन साताअघि सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरिक्षण गर्नु भएको छ । हरेक साता शुक्रबार हुने उक्त कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन कसरी भईरहेको छ भन्ने निरिक्षण गर्ने क्रममा मेयर शाह आज मिति २०७८ वैशाख २९ गते जमलस्थित नेपालकै पहिलो विद्यालय दरबार हाई स्कुल र पद्योदय मोडस्थित पद्यमोदय माध्यममिक विद्यालयमा पुग्नु भएको छ । मेयर शाहले दुवै स्कुलका विभिन्न कक्षाहरुमा विद्यार्थीसँगै यो कार्यक्रममा सहभागिता पनि जनाउनु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















