भक्तपुर, जेष्ठ ५ । नेपाल स्काउट बागमती प्रदेश, स्थानीय स्काउट कार्यालय भक्तपुर अन्तर्गत सञ्चालित समाजसुधार स्काउट ट्रुपको आयोजनामा शनिबार लन्चहाईक सम्पन्न भयो ।

स्काउट प्रशिक्षक कपिल दुवालले स्काउट भाइबहिनीहरूलाई Cooking Badge र Hiking Badge वितरण गर्नुहुदै विद्यार्थीको सर्वाङ्गिन विकासको निमित्त किताबी ज्ञान मात्रले नपुग्ने भएको हुँदा स्काउट कक्षामा प्रयोगात्मक कक्षाको साथसाथै व्यवहारिक ज्ञान समेत सिकाउने भएको हुँदा आजको एक्काइसौँ शताब्दीमा स्काउट संस्थाको लोकप्रियता बढेको बताउनुभयो ।
कार्यक्रमको संयोजन रोभर मनोज कुटुवा र सर्भिस टिमको रुपमा बाल विकास रोभर रेन्जर क्र्यू ले सहयोग गर्नुभएको थियो भने पेट्रोल लिडर तथा स्काउटहरूले समेत आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा गत वर्ष स्काउट सदस्य भएका स्काउटहरूलाई समेत पदोन्नति गरेको थियो भने ४२ जम्मा स्काउट भाइबहिनीहरू ९ जना रोभर रेञ्जर र स्काउट लिडरहरू गरी जम्मा ५१ जना स्काउटहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित समाज सुधार माध्यमिक विद्यालयको प्राङ्गणबाट बिहान ७ बजे ट्रेकिङ साइनको माध्यमबाट स्थानीय स्काउट कार्यालय सूर्यविनायक नपाको प्राङ्गणमा सम्पन्न भएको थियो ।


















