ललितपुर, जेष्ठ ५ । रथ बिग्रिएपछि अवरुद्ध हुन पुगेको रातो मच्छिन्द्रनाथको रथयात्रा आज शनिबारबाट पुनः सुचारु हुने भएको छ ।
रथयात्राको क्रममा ओकुबहालबाट थपाहिति पुग्दा रथको पाङ्ग्रासँगैको भाग भाँच्चिएपछि रथ तान्न सकिने स्थिती नभएर रथयात्रा त्यहिँ रोकिएको थियो ।
यसलगत्तै गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथको मर्मत सम्भार सम्पन्न नभएसम्मको लागि रथयात्रा स्थगित भएको सूचना जारी गरिएको थियो ।
२ वटा क्रेन र स्थानीयहरुको सहायताबाट रथको मर्मत सम्भार गरिएको थियो । रथको आवश्यक मर्मत सम्भार कार्य सम्पन्न भएसँगै रथयात्रा सुरु हुन लागेको हो ।
photo: yale audarshan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















