चैत १५, भक्तपुर । भक्तपुरमा यहि चैत्र १६ र १७ गते सँस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि घरेलु उत्पादन मेला – २०८० हुने भएको छ ।
भक्तपुर नगरपालिका वडा न २ स्थित नः पुखु परिसरमा हुने उक्त मेलामा भक्तपुरका मौलिक उत्पादनहरू जु जु धौ, भादगाँउले टोपी, घरबुना कपडा बुनाई, माटाका भाडाहरू, काष्ठकला, आयला, ताईचिन बजि बनाउने बिधिको जिवन्त प्रदर्शनी हुने आयोजक समितिले जानकारी दिएको छ ।
मेलामा परम्परागत साँस्कृतिक प्रदर्शनीका साथै भक्तपुरका मौलिक नेवारी खानाका परिकारहरू समेत रहने बताइएको छ ।
घरेलु उत्पादन मेला उद्योग तथा बाणिज्य कार्यालयको सहकार्य, भक्तपुर पर्यटन बिकास समितिको संयोजन र भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा हुन लागेको हो ।
मेलामा प्रवेश नि: शुल्क रहेको आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1

















