चैत १४, भक्तपुर । भक्तपुरमा ग्याँस सिलिण्डर लिक भइ आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगरको उपचारका क्रममा आज मृत्यु भएको हो ।
मंगलबार रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन ।
किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनापछि उनलाई धुलिखेलपछि मंगलवार राती किर्तिपुर लागिएको थियो । घटनाका सम्बन्धमा हाल अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
4
+1
8
+1
28