Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नगरपालिका शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु सक्षम हुनुपर्ने

शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु सक्षम हुनुपर्ने

May be an image of 16 people, dais and text

मिति २०८० बैशाख २५ गते सोमबार ।

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक, संस्थागत र सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयका प्रधानाध्यापकहरुको भेला भनपा सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं भनपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरको शैक्षिक गुणस्तर कायम गर्न नगरभित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई विद्यालय व्यवस्थापनको जिम्मेवारी दिएपछि भक्तपुर नगरपालिकाले विद्यालयहरुको नियमन, व्यवस्थापन र अनुगमन कार्यलाई प्रभावकारी बनाउन खोजिरहेको तथा यस शैक्षिक सत्रबाट अनुगमन प्राविधिक समिति मार्फत प्रभावकारी अनुगमन गरिने जानकारी दिनुहुँदै विद्यालयलाई राम्रो बनाउन शिक्षकहरु समय सापेक्ष प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीहरु विदेशिने क्रम बढ्दै जानु अहिलेको जटिल समस्या भएको बताउनु हुँदै विद्यालय उच्च शिक्षाको जग भएको हुँदा सामुदायिक तथा संस्थागत विद्यालयहरुले समाज सेवाको भावनाले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “भक्तपुरलाई शैक्षिक गन्तव्य र देशकै शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा कार्य गर्ने उदाहरणीय स्थानीय तह बनाउने लक्ष्यका साथ काम गर्दैछौं ।”

कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले भनपाले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई समान रुपमा अगाडि बढाउने सोचले कार्य गर्दै आएको बताउनुहुँदै विद्यालयहरुले नगरपालिका र वडासँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयहरुको नियमित अनुगमनको लागि विद्यालय अनुगमन प्राविधिक समिति गठन गरिएको हुँदा समितिको अनुगमनले विद्यालयको समग्र विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको कार्यबारे प्रकाश पार्नुभएको सो कार्यक्रममा भनपा शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यले नगर शिक्षा शाखाले आउँदो शैक्षिक वर्षमा सञ्चालन गरिने कार्यक्रमबारे प्रस्तुतीकरण सहित विस्तृत विवरण देखाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments