फागुन २५, भक्तपुर । आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । ११४औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरि मनाइदैछ ।
यो दिवस सन् १९७५ मार्च ८ देखि मनाउँदै आइरहेको छ । सोही दिनमा नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले महिला दिवसलाई मान्यता प्रदान गरेको र नेपाल पनि संयुक्त राष्ट्र संघको सदस्य भएको हुँदा नेपालले पनि महिला दिवस मनाउँदै आइरहेको छ ।
महिलाहरुको आर्थिक सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यले यस दिवस मनाउने गरिन्छ ।
यस वर्ष संयुक्त राष्ट्रसंघको “Invest in women: Accelerate progress” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नारा तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here