लोकेश्वर साकोसकाे अध्ययन अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम

0
383

फागुन २०, भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कोे आयोजनामा संस्थाका सदस्यहरुलाई काभ्रे जिल्ला स्थित जय श्री भीमसेन (मुलखर्क भिमसेन) अध्ययन अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम सम्पन्न भयो ।


संस्थाका ३०० भन्दा बढी सदस्य तथा बाल सदस्यहरुको उपस्थिति रहेको सो भ्रमणको औपचारिक कार्यक्रममा बोल्दै अतिथि साविक भनपा १५ वडाका वडाअध्यक्ष रविन्द्र खर्बुजाले भ्रमण स्थलको धार्मिक महत्व र उक्त स्थानको किम्वदन्ती तथा विकास क्रमका बारेमा चर्चा गर्नु भएको थियो । भ्रमणबाट मात्रै सदस्यहरु नयाँ ठाउँको र सो क्षेत्रको भौगोलिक स्थितिबारे बुझ्न सकिनेहुँदा यस्तो भ्रमण गर्नुपर्ने कुरा राख्नु भयो ।
अतिथि भनपा २ नम्बर बडा सदस्य श्यामसुन्दर मातांले उक्त स्थान ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्व बोकेको स्थान रहेता पनि धेरैलाई उक्त स्थानको जानकारी नभएकोले यस्ता स्थानको खोजी गरी विकास गर्नुपर्ने कुरा राख्नुभयो । संस्थाबाट आयोजित भ्रमणबाट सदस्यहरुले देशको लुकेर रहेकोे स्थानको बारेमा थाहा पाउने अवसर प्राप्त भएको जानकारी दिनुभयो ।
अतिथि भनपा २ नम्बर वडा महिला जनप्रतिनिधि मन्जुमैंया लाखाजुले भक्तपुर नगरपालिकाले संचालन गर्दै आएको स्वास्थ्य सेवा सम्बन्धी घरदैलो नर्सिड्ड सेवा, अन्य विविध गतिविधिहरुको बारेमा जानकारी दिनुभयो । संस्थाका सबै उमेर समूहका सदस्यहरुको उत्साह जनक उपस्थिति रहेको भ्रमणमा खुसी व्यक्त गर्दै संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्थाले वित्तिय कारोबार मात्रलाई नभई सदस्यहरुको आर्थिक एवं साँस्कृतिक स्तर उकास्ने कार्यक्रमहरुका साथै सदस्यहरुको चाहना अनुसार मनोरञ्जनात्मक, धार्मिक आस्था बोक्ने र शैक्षिक जानकारी मूलक अध्ययन अवलोकन भ्रमणको आयोजन गरेकोे बताउनु भयो र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संस्थाका संचालक सदस्य एवं युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्यहरुलाई मनोरञ्जनात्मक खेलकुदहरुको आयोजना भएको थियो भने कार्यक्रममा युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य इन्द्रभक्त पंचले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here