माघ २४, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८० माघ २१ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार भएको छात्रा तर्फको पोर्टबल फाइनल खेलमा तारा मावि प्रथम हुन सफल भएको छ । प्रतिद्वन्द्वी बासुलाई १८ – ११ ले हराउदै तारा प्रथम हुन सफल भएको छ भने बासु माविले द्वितीय स्थानमा चित्त बुझाएको छ । वागीश्वरी मावि र अक्सफोर्ड प्र्याक्टिकल स्कुलले भने तृतीय स्थान हासिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















