पुष २३, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सोमबार उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगका अनुसार नेमकिपाका महिलामा कृष्णलक्ष्मी दुवाल, दलितमा संगिता नेपाली, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूदायमा हिमालयश्वर लाल मुल र अन्यमा श्रीकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
बागमती राष्ट्रियसभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्यका लागि माघ ११ गते मतदान हुनेछ ।
बागमती प्रदेशमा नेमकिपाका भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख र बागमती प्रदेशसभाका ३ सदस्य मतदाता रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















