काठमाडौँ- आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूलो एकादशी पनि भनिन्छ ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।
आज उपत्यकाका चार नारायण भनिने भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडाैंकाे शेषनारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्ने गर्छ । साथै काठमाडौंमा रहेको बूढानीलकण्ठको मन्दिरमा पनि विशेष मेला लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















