मंसिर ६, भक्तपुर । हरेक वर्ष कार्तिक शुक्ल एकादशीको दिन चाँगुनारायण नगरपालिकाको वडा नं. ४ मा अवस्थित विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाको अवसरमा सार्वजनिक विदा दिइएको छ ।
मंसिर ७ गते विहिवारको दिन हरिबोधनी एकादशी परेकोले उक्त दिन नगर कार्यपालिकाको कार्यालय, सवै वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक तथा वर्थिङ सेन्टर वाहेक), शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय सूचना प्रकाशन गरिएको छ ।
नगरपालिकाको सूचना यस्ताे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















