भक्तपुर नगरपालिका वडा नं ९ मा  माटो परिक्षण शिविर कार्यक्रम सम्पन्न

0
242

मंसिर १, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ कार्यालयको आयोजनामा कृषि बाली माटो परिक्षण शिविर कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि कृषि समितिका संयोजक राजकृष्ण गोराले किसानहरूले बाली कम हुँदै आएको गुनासो आएकोले नगरपालिकाले माटो शिविर संचालन गररेको बताउनुभयो । विषादीको मात्रा बढी प्रयोगले जटिल रोग बढदै गएकोले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । किसानको बाली कम भएमा जनताले दुख पाउने र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने बताउनुभयो ।

वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्ले किसानहरुले अझै पनि परम्परागत रुपमा खेतिपाती गरिदै आएकोले कम जग्गाबाट उत्पादन कसरी बढाउन सकिन्छ त्यसको बारेमा सचेत हुनुपर्ने र बाली लगाउनुपुर्व माटो अनिवार्य परिक्षण गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले विगतमा धानवाली परिक्षण पनि गरिदै आएको समेत उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिकाका कृषि प्राविधिक रवी ख्याजुले माटो स्वस्थ भएमा बाली स्वस्थ हुने र बालीका लागि चाहिने खाद्य तत्व पुर्ति हुने कुरा बताउनुभयो । भक्तपुर जिल्लामा उत्पादनमा ह्रास भैरहेकोले किसानहरुले हरेक बाली लगाउनुपुर्व माटो परिक्षण गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।

भक्तपुर नगरपालिका नगर कार्यपालिका सदस्य छोरीमैया सुजखुले स्वागत मन्तव्य दिनुहुँदै भक्तपुर नगरपालिकाले घोषणापत्र अनुसार काम गरिदै आएको र जनता सँग प्रत्यक्ष सरोकाराका विषय उत्थान गरिदै आएको र युवा तथा महिला लक्षित सिप मुलक तालिम दिदै आइरहेको बताउनुभयो ।

कृषि समितिका सदस्य इन्द्र बहादुर प्याथको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गङगाराम ज्याख्वले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here