नेपाल संवत् ११४४ को अवसरमा तःमुंज्याले आज २७ गते शुभकामना सांस्कृतिक प्याली गर्दै

0
140

कार्तिक २७, भक्तपुर । नेपालभाषा साहित्य तःमुंज्याको नेपाल संवत् ११४४ को शुभकामना सांस्कृतिक प्याली कार्तिक २७ गते बिहान ७:०० बजे सुरु हुने भएको छ । तःमुंज्याले प्याली भक्तपुरको सूर्यमढी रटौमढीबाट एकसाथ सुरू गर्ने निर्णय गरेको छ ।
सांस्कृतिक ऱ्यालीमा भक्तपुर नगरपालिका वडा नं १ देखि ५ सम्मका सांस्कृतिक टोली टौमढीबाट र वडा नं ६ देखि १० सम्मका सांस्कृतिक टोली सूर्यमढीबाट सहभागी हुने तःमुंज्याले जनाएको छ ।
दुवै प्याली खौमास्थित मास्टर जगतसुन्दर मल्लको प्रतिमामा पुगी माल्यार्पण हुनेछ । त्यसपछि शुभकामना सभा हुनेछ ।

शुभकामना सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुभकामना र्‍यालीको सुरूमा सूर्यमढीमा तःमुंज्याका सल्लाहकार ज्ञानसागर प्रजापति र टौमढीमा तःमुंज्या मूल समितिका सदस्य प्रेमगोपाल कर्माचार्यले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल संवत् ११४४ को शुभकामना सांस्कृतिक प्यालीमा सहभागी हुन सम्पूर्ण जनतामा तमुंज्याले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here