आजबाट भेलुखेलमा अस्थायी फलफूल तिहार बजार सुरु, उपभोक्ताको चहलपहल उत्साहजनक

0
176

कार्तिक २५, भक्तपुर । भक्तपुर नगरपालिका वडा न ५ स्थित भेलुखेलमा अस्थायी फलफूल तिहार बजार आज कार्तिक २५ गतेबाट संचालनमा आएको छ ।

कार्तिक ३० गतेसम्म फलफूल तिहार बजार संचालन हुने तिहार बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक नारायण प्रसाद त्वायनाबासुले बताउनुभएको छ ।  

भक्तपुरको टौमढी चोक विश्व सम्पदा क्षेत्र भएको र सर्वसाधारणलाई आवत जावतमा समेत समस्या भएको कारण भक्तपुर नगरपालिकाले विकल्पको रुपमा फलफुल बजार भेलुखेलमा व्यवस्थापन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here