Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home अन्य काठमाडौँ महानगरपालिकामा फेरी खुल्यो नगर प्रहरीको जागिर (सुचनासहित)

काठमाडौँ महानगरपालिकामा फेरी खुल्यो नगर प्रहरीको जागिर (सुचनासहित)

काठमाडौँ महानगरपालिकाले पुन ७० जना नगर प्रहरीको माग गरेको छ । बैशाख १० गते १०० जना नगर प्रहरीका लागि आवेदन माग गरिएकामा ३० जनालाई करार सम्झौता गरी काम लगाइने र बाँकी ७० जनाको लागि पुनः निवेदन आह्वान गरिएको महानगरले जनाएको छ । 

महानगरले बुधबार जारी गरेको सूचनामा १५ दिनभित्र प्रशासन विभागमा आवेदन दिन भनिएको छ ।

दरखास्त दिँदा सूचीमा उल्लेखित दर्ता नम्बर खुलेको निवेदन र नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्ने छ । 

बैशाख १० गतेको सूचना अनुसार निवेदन दिएका ३० उम्मेदवारले आज बैशाख २० गतेदेखि ७ दिनभित्र नियुक्ति बुझ्न आउन महानगरपालिकाले आग्रह गरेको छ ।

यस्ताे रहेकाे छ सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments