असोज १, ईन्द्रजात्रा औपचारिक रुपमा सुरु भएको संकेत दिने यःसिं भक्तपुरबाट हनुमानढोकामा ल्याउन सुरु गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोलको सामुदायिक वनमा स्थानिय ताःथलीबासीको सहयोगमा यःसिं काठमाडौं पु¥याइन्छ । प्राविधिक कारणले केही वर्ष यःसिंलाई क्रेनमार्फत भक्तपुरदेखि काठमाडौंसम्म पु¥याएको भएपनि यो वर्ष त्यस्तो नहुने संघको युवा उपसमितिका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जानकारी दिनुभएको छ । उहाँले जनाए अनुसार यो वर्ष भक्तपुरको चित्तपोलदेखि काठमाडौंको भोटाहिटीसम्म यःसिं तानेर ल्याउने भएको छ ।
ईन्द्रजात्रालाई काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतको ठाउँमा वर्षा र सहकालका देवता ईन्द्रको पूजा–आराधना गरी परम्परागत तरिकाले मनाउँदै आएको छ ।
भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीको दिन ईन्द्रध्वजोत्थान गरी सुरु हुने ईन्द्रजात्रा चौथी अर्थात् ईन्द्रध्वज पतनसम्म ८ दिन हुन्छ ।
ईन्द्रजात्राको लागि काठमाडौंस्थित हनुमानढोकामा ठड्याइने यःसिं अर्थात ईन्द्रध्वज ल्याइदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















