नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
यस वर्ष “बालबालिकामा लगानी ; सुनिश्चित भविष्यको थालनी”
भन्ने मुल नाराका साथ ५९ औं बालदिवस भाद्र २९ मनाइँदै छ ।
नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले शुरु गरेको इतिहासमा उल्लेख छ । भारत भ्रमण गर्ने क्रममा उनले भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताबाट प्रभावित भएर आफ्नो जन्म दिनपारी नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको हो ।


















