शिक्षकको तलब, भत्ता तथा सेवा सुविधा विवरण स्वीकृत (कार्यक्रम कार्यान्वयन पुस्तिकासहित)

0
213

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब, भत्ता तथा सेवा सुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ। मन्त्रीस्तरीय निर्णयले चालु वर्षको कार्यक्रम कार्यान्वयन पुस्तिका स्वीकृत गरेको हो।

पुस्तिकामा स्थायी शिक्षक, दरबन्दीमा कार्यरत अस्थायी/करार शिक्षक, अनुदान कोटामा कार्यरत शिक्षक, साविक उच्चमावि तहको अनुदान कोटमा कार्यरत शिक्षक, प्राविधिक धारमा कार्यरत प्रशिक्षक एवम् सहायक प्रशिक्षक, अनुदानमा कार्यरत शिक्षक तथा कर्मचारी, प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकको पारिश्रमिक र विद्यालय कर्मचारी व्यवस्थापन अनुदान रकमको विवरण समावेश छ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवम् बजेट वक्तव्यमा उल्लिखित कार्यक्रमअनुसार स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षक कर्मचारीको तलबभत्ता, पाठ्यपुस्तक, विद्यालय सञ्चालन मसलन्द, प्रतिविद्यार्थी लागत अनुदानको व्यवस्था छ।

यस्तै छात्रवृत्ति, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसहितका भौतिक सुविधा विस्तार कार्यक्रम छन्। सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क सेनिटरी प्याड वितरण, माध्यमिक र निम्नमाध्यमिक तहमा शिक्षक अभाव परिपूर्ति गर्न शिक्षण सहयोग अनुदान, कोभिड १९ लगायतका विपत्‌बाट पुगेको शैक्षिक क्षतिको आपूरण तथा अन्य विपद्को समयमा सिकाइ निरन्तरता, शिक्षक तालिम, ठुला विद्यालय विकास, परिवर्तित पाठ्यक्रमको प्रबोधीकरणलगायतका शैक्षिक कार्यक्रम छन्।

तिनै कार्यक्रम कार्यान्वयनका एकरूपता कायम गर्न पुस्तिका तयार पारिएको मन्त्रालयले जनाएको छ।

पुस्तिकामा शिक्षकले पाउने तलब, ग्रेड, सञ्चय कोष, बिमा थप कोष, चाडपर्व खर्च, पोसाक सुविधा, स्थानीय भत्ता, प्राविधिक भत्ता र प्रधानाध्यापकको भत्ता पनि तोकिएको छ।

यस्ताे छ कार्यक्रम कार्यान्वयन पुस्तिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here