भदौ १० गतेभित्र गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित तारहरू व्यवस्थित गर्न निर्देशन

0
270

भदौ ६, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८० सालको प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने विषयमा बुधबार सम्बन्धित सरोकारवालाहरूको बैठक बस्यो ।

बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरुमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरु हटाउन यही २०८० साल भदौ १० गतेभित्र सबैले आआफ्नो तारहरु व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय ग¥यो ।

बैठकले भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here