आज नागपञ्चमी: नागको पुजा आराधना गरि मनाइदै

0
209

श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी भनिन्छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको मूल ढोका र बाहिरका ढोकाहरूमा नागदेवताको चित्र टाँस्ने गरिन्छ । यसो गर्नाले वर्षभरि नै नागले घरमा सुख, शान्ति र संवृद्धि दिन्छन् भनिन्छ ।
यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ ।
हिन्दू धर्ममा नागलाई सर्पहरूका राजा मानिन्छ । पानीविना जीवहरू बाँच्न सक्दैनन् । नागहरू रिसाएभने पानीको अभाव सिर्जना गरिदिन्छन् । त्यस्तो सङ्कट नपरोस भनेर पनि नाग पूजा गरिन्छ ।
भगवान् शिवले नागको माला लगाएका छन् र विष्णु जलमाथि शेषनागको शय्यामा फणाको छाता ओढी सुतेका हुन्छन् । गणेशको एक हातमा पनि नागवाण छ । कृष्णका दाजु बलराम र रामका भाई लक्ष्मण शेषनागका अवतार मानिन्छन् । भनिन्छ जसको घरमा नागको वास हुन्छ त्यो घरमा लक्ष्मीको बास हुन्छ ।
नागहरूमा १२ वटा नागहरू प्रमुख छन्, तिनीहरूका नाम यस प्रकार छन्-
(१) अनन्त (२) वासुकि (३) शेष (४) पद्म (५) कम्वल (६) कर्कोटक (७) अश्वतर (८) धृतराष्ट्र (९) शङ्खपाल (१०) कालीय (११) तक्षक (१२) पिङ्गल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here