भारतमा उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति पौडेलको चाहना

0
222

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न चाहेका छन्।

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन्।

गत वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो।

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको उपचार गरिएको थियो। उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here