‘भ्रष्टाचार र शैक्षिक अराजकता” भने विषयमा भएको निबन्ध लेखन प्रतियोगिता सम्पन्न

0
323

भाद्र १, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा अन्तर क्याम्पस निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । गत श्रावण २६ गते ‘भ्रष्टाचार र शैक्षिक अराजकता” भने विषयमा भएको निबन्ध लेखन प्रतियोगितामा ४ वटा कलेजका ४० जना विद्यार्थीहरुले सहभगिता जनाएका थिए ।


प्रतियोगितामा ख्वप कलेज अफ ल, देकोचाका डिल बहादुर भण्डारी प्रथम, सर्वमंगला बहुमुखी क्याम्पस, पाँचखालका रोजिना लामा द्वितीय, भक्तपुर बहुमुखी क्याम्पसका कबिता तुल्सिबाख्यो तृतीय तथा बिनिता खरेल, अस्मिता बाइजु सान्त्वना भएका थिए ।


विजयी भएका विद्यार्थीहरुलाई नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here