पनौती घुम्न आउने पर्यटकहरूको लागि पर्यटक सूचना केन्द्र स्थापना

0
150

काभ्रे, श्रावण १२ । काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं परातात्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७ नं वडामा केन्द्रको स्थापना गरिएको हो ।


पनौती पर्यटन विकास केन्द्रको स्थापना दिवस तथा पर्यटक सुचना केन्द्र उद्घाटन कार्यक्रम प्रमुख अतिथि बागमती प्रदेश सरकारका माननीय खानेपानी उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा ज्यूको प्रमुख आतिथ्यता र विशिष्ट अतिथि पनौती नगर प्रमुख रामशरण भण्डारी ज्यूको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।


सूचना केन्द्रमार्फत पर्यटकलाई पनौती क्षेत्रभित्रका पर्यटकीयस्थलको परिचय दिई घुम्न जाने सवारी साधनको व्यवस्थापन, पनौती आएका पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षासमेत प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो। यस्तै केन्द्रमा पनौतीको सम्पूणर् पर्यटकीय सूचनालाई व्यवस्थित बनाइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here