फागुन ९, ललितपुर । पाटनमा भिमसेन(भिन्द्यो)पुजा, १० बर्ष पछि भिन्द्योलाछीको आयोजनामा यहि फागुन ९ गते बुधबार ललितपुरको भिन्द्योलाछि(पतकोलाछि) टोलमा भिन्द्यो पूजा (भिमसेन पूजा) हुने भएको छ । परिक्रमा समारोह भिन्द्योलाछि(पतकोलाछि)को आयोजनामा भिन्द्यो लाछि टोल कमिटीका सदस्य रुपेश अवालेले उक्त कुरा बताउनुभएको हो ।उक्त पुजा परिक्रमामा करिब ९ वटा टोलको सहभागि रहने र अन्दाजी २५०० देखि ३००० सङ्ख्यामा भक्तजनको सहभागि हुने अनुमान गरिएको छ ।
भिन्द्यो (भिमसेन )
भिन्द्यो लाछि टोलको इतिहास
ललितपुर नगर पाटन बस्ती भित्रको एक प्राचिन टोल रहेको छ “भिन्द्यो लाछि टोल”। नेपाल भाषाको भिन्द्यो शब्दले भिमसेन देउता लाई बुझिन्छ। यस प्राचिन बस्ती भिन्द्यो लाछि टोलको पुरानो नाम पतुको लाछि रहेको छ।यस पौराणिक नामका अन्वेषक छत्रबहादुर कायस्थका अनुसार यस पतुको लाछि नाम ने.स. ४०५ ताडपत्र तमसूकमा उल्लेख गरिएको छ। उक्त अभिलेख हालसम्मको नै पुरानो अभिलेख रहेको र यस तमसूक अभिलेखमा ‘ सिकाछें लिबि प्रजापति जसरा थकुर, पतको लाछि वंथ छें वंकुलि लिबि प्रजापति जसराम थकुर ‘ लेखिएको छ। यस कारण भिन्द्यो लाछि टोलको पौराणिक नाम पतको लाछि हो र आजभोलि अवाले थर लेख्नेहरुका प्राचिन जात थर प्रजापति थकुल/थकुर रहेको छत्रबहादुर कायस्थले बताउनुभएको छ । भिन्द्यो लाछि टोलमा रहेको भिन्द्यो (भिमसेन मन्दिर) भित्र रहेको शिलापत्र ७८९ ने.स. उल्लेख स्थापना गरिएको उक्त शिलापत्रमा ने.स ७७८ श्रावन ४ पतको लाछि श्री ३ भिमसेन लेखिएको छ।
वि.स. २०७० साल देखि ललितपुर विकास समाजका तत्कालिन अध्यक्ष बुद्धिराज बज्राचार्यबाट हरेक बर्ष भिन्द्यो पूजा परिक्रमाका लागि ब्यवस्थापन समिति गठन भएको थियो। समितिको निर्णय अनुसार प्रत्येक वर्ष पूजाका लागि क्रमबद्द रुपमा पालै पालो निम्न टोलहरुद्वारा ब्यवस्थापन हुँदै आएको छ। १.भिन्धोलाछि २. नगत्त्वा ३. हौग त्वा ४. कोन्ति ५. कनिबहा ६. छाय् बाहा ७. कोत-मंगः हखा ८. भिन्छेंबहा ९. मंग १०. तलाछें इखालख